March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको