पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
तनहुँ – अविरल वर्षाको कारण गएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडकमा ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए ।
प्रतिकृया दिनुहोस्