August 9, 2020, Sunday
२०७७ श्रावण २६, सोमबार
KN hd tv

कालीकोटमा पहिरोले घर पुरिँदा दुई परिवारका ९ जनाको मृत्यु, दर्जनभन्दा बढी बेपत्ता

कालिकोट – अबिरल वर्षा पछिको बाढि पहिरोले कालिकोटको नरहरीनाथ गाउँपालिकामा ठुलो जनधनको क्षति भएको खबर छ ।

राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको हो ।

वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उहाँसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उहाँ र उहाँकी ६५ वर्षीया श्रीमती मनाको ज्यान गएको पनि विष्टले बताउनुभयो ।

गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ । 

शीर्ष समाचार

धेरै पढिएको