नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित
- Khabar Nirantar
- २०७७ श्रावण १३
काठमाण्डौँ – आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन ६ गते बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि बैठक आजका लागि सारिएको थियो ।
बिहान एघार बजे बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।
शीर्ष समाचार
- प्रचण्डले पोलिटब्युरो सदस्य प्रस्तुत गरेसँगै माओवादीमा विवाद, १ घण्टाका लागि बैठक स्थगित
- आज सेयर बजारमा दोहोरो अंकको गिरावट
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
धेरै पढिएको
-
पोखरा महानगरले तोक्यो मुख्य उत्पादनको बिक्री मूल्य
२०७९ असार १७
प्रतिकृया दिनुहोस्