मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाही प्रक्रिया सुरु
काठमाण्डाै – काठमाण्डौमा मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाहीको प्रक्रिया सुरु भएको छ ।
साेमबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ट्राफिक प्रहरी र नेपाल प्रहरीलगायत सरोकारवाला निकायले कोरोनाको जोखिम बढेकाले मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाही गर्नेबारे छलफल गरेका छन् । तर कसरी र के कारबाही भन्ने विषय टुङ्गिन बाँकी छ ।
लकडाउन हटेपछि केहीले मास्कसमेत नलगाइ हिँडडुल गरेकाले अब कडाइ गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसरी लापर्वाही गरी हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार वा सडकमा नै चार घण्टासम्म होल्ड गरेर राख्नेसम्मको तयारी भएको महाशाखाले जनाएको छ ।
यस्तै मास्क नलगाइ सार्वजनिक गाडी चढे ओरालेर घर फर्काइने छ । यो नियम छिट्टै कार्यान्वयनमा आउने पनि महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्