December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

महाबौद्धमा एक कपडा व्यवसायीको परिवारलाई कोरोनाको सङ्क्रमण

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका २७ काे महाबौद्ध क्षेत्रका एक कपडा व्यवसायी र उनको परिवारका सबै सदस्यलाई कोरोनाकाे सङ्क्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना निकालेको छ । उनीसहित परिवारका पाँच जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । 

वडा कार्यालयले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।  

केही समयअघि यी व्यवसायीका छोरी र नातिनी भारतबाट फर्किएकाले उनीहरुबाटै कोरोना सरेको हुन सक्ने आशङ्का गरिएको छ । उनले  लकडाउनका बेला महाबौद्धमा रहेको कपडा पसल बन्द गरे पनि लकडाउन हटेपछि भने खोल्ने गरेको टेकु अस्पतालका प्रवक्ता डाक्टर बाँस्तोलाले जानकारी दिनुभयो ।

यस विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि अस्पतालले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको