June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

बताससँग आफ्नो कुनै भूमिका नरहेको आरजुको दाबी

काठमाडौँ : नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुराँ विवादमा जोडिएको बतास समूहसँग आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन्। 

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्ने अनुमति पाएको बतास समूहको सल्लाहकारका रुपमा नाम जोडिएपछि उनले बिहीबार यस्तो प्रष्टिकरण दिएकी हुन्। 

‘सञ्चारमाध्यमहरुले विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचार लेखेकोमा मेरो ध्यानाकर्षण भएको छ,’ प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणाले भनेकी छन्, ‘तल उल्लेखितबाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु।’ 

उनले फेसबुकमा आफू आवद्ध ६ वटा संस्थाको नाम र आफूले निर्वाह गरिरहेको पदीय जिम्मेवारी पनि खुलाएकी छन्।

शीर्ष समाचार

धेरै पढिएको