May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

इंग्ल्याण्डले अन्तिम टेष्टमा वेष्ट इण्डिजलाई जीतका लागि ३ सय ९९ रनको लक्ष्य

काठमाडौँ – घरेलु टोलि इंग्ल्याण्डले तेस्रो तथा अन्तिम टेष्टमा वेष्ट इण्डिजलाई जीतका लागि ३ सय ९९ रनको लक्ष्य दिएको छ ।

म्यानचेस्टरमा आइतबार आफ्नो दोस्रो इनिङ्समा २ विकेटको क्षतीमा २ सय २६ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्याण्डले पाहुना टोलीलाई चुनौतिपूर्ण लक्ष्य दिएको हो ।

दोस्रो इनिङ्समा इंग्ल्याण्डका रोरी ब्रुन्सले ९९ रन जोड्दा कप्तान जोय रुटले अविजित ६८ रन बनाए । डम सिब्ली ५६ रनमा आउट भए । वेष्ट इण्डिजका कप्तान जासन होल्डर र रोस्टन चेसले १/१ विकेट लिए ।

यसअघि ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको