पृथ्वीराजमार्गमा २०० भन्दा बढी ठाउँमा पहिरो
चितवन – अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगिमारा र धारापानीमा अझै सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सडक खण्डको मौवा खोलामा पुल र सडक जोड्ने भाग नै नदीले बगाएको थियो । ती सबै ठाउँको मर्मत सम्भार गरी शुक्रबारदेखि सवारी सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए । मौवा खोलामा यही साउन ५ गते बिहान सडक बगाएपछि सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो ।
राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका भएकाले चौतर्फी दबाब र सहयोगले सडक सञ्चालनमा ल्याए पनि वर्षात्ले निकै नोक्सान पुगेको अधिकारी बताउँछन् । उनले भने, “पचास किमीजति ठाउँमा कालोपत्र बिग्रिएको छ । पहिरो खसेको
छिट्टै सबै ठाउँमा सडक दुईतर्फी सञ्चालनमा आए पनि पूर्ववत् अवस्थामा सडकलाई मर्मतसम्भार गर्न एक वर्ष लाग्ने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्