December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

विदेशमा रहेका १ सय ६१ जना नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाण्डौ – संसारका विभिन्न देशमा रहेका १ सय ६१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

रआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक अनुसार अघिल्लो हप्ता थप एक जनासहित अहिलेसम्म १ सय ६१ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो । समितिका अनुसार संसारका विभिन्न ३६ देशमा रहेका ३१ हजार १ सय ५० नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।

उनीहरुमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशतभन्दा बढी नेपाली सङ्क्रमण मुक्त भएका छन् । कोरोना सङ्क्रमित हुने र निको हुने नेपालीको सङ्ख्या बढी नै रहेको छ । तर अन्य देशमा नयाँ सङ्क्रमित नेपाली घट्दै गए पनि खाडीका देश यूएई, कतार, कुवेत र साउदीमा रहेका नेपालीमा भने सङ्क्रमण बढिरहेको स्वास्थ्य समितिले जनाएको छ ।

अघिल्लो साता अफ्रिकी देशमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यो साता त्यहाँ फेरि सङ्क्रमणदर केही बढेको छ ।

शीर्ष समाचार

धेरै पढिएको