बागलुङ पहिरोः बेपत्ता दुई जनामध्ये एक चालकको शव फेला
- Khabar Nirantar
- २०७७ श्रावण ११
बागलुङ – बागलुङ नगरपालिका–१ माझीबस्तीदेखि निरियाघाट जाने बाटोमा शनिवार राति गएको पहिरोमा पुरिएको दुई जना चालक पुरिएको आशंकामा खोजि कार्य सुरू गरिएको छ । ११ साउन– शनिवार राति बानपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परि बेपत्ता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ ।
पहिरोमा ट्याक्टर पुरीँदा वेपत्ता भएका चालक रोसन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ बर्षिया किसान शनिवार रातिको पहिरोमा परि वेपत्ता थिए । उनिसँगै बेपत्ता भएका अर्का एक जना टिपर चालकको खोजी भैरहेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।
शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
प्रतिकृया दिनुहोस्