March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

मौसमः आज र भोली कम पानी पर्ने

काठमाण्डौ । पर्सि रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्। मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने देखिएको छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले कम पानी परेको हो।

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् बासीले जानकारी दिए। यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको