October 5, 2022, Wednesday
२०७९ आश्विन २०, बिहीबार
KN hd tv

नेपालमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो

वीरगन्ज – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–११ श्रीपुरकी ८५ वर्षीया बृद्धाको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेनशमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

एडभान्स हस्पिटलमा उपचाररत ती मुटुरोगी बृद्धाको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको