कतारले अगष्ट १ देखि विदेशी नागरिकलाई प्रवेश अनुमति दिने
काठमाण्डौ – कतारले विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै अगष्ट १ देखि प्रवेश अनुमति दिने भएको छ ।
कतारले जोखिम कम भएका देशको सूची सार्वजनिक गर्दै नयाँ मापदण्ड बनाएर प्रवेश खुल्ला गरेको हो । नेपालमा सरकारले पुनः श्रम स्वीकृति खुल्ला गरेसँगै कतार जानका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । साउन १ गतेदेखि हिजो बिहीबारसम्म मात्रै ३१९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
तर कतारले सार्वजनिक गरेको कम जोखिम भएका देशमा नेपाल पर्दैन ।कतारले नेपालसहित भारत, बंगलादेश र पाकिस्तान जस्ता देशको नाम त्यो सूचीमा राखेको छैन । सूचीमा नेपाल नपर्दा पुनः श्रम स्वीकृति लिएकार जान खाेज्नेहरुले थप प्रक्रिया गर्नपर्छ ।
निजी क्षेत्रका दक्ष र अदक्ष कामदारको क्वरेण्टीन खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्न पर्नेछ भने घरेलु कामदारको हकमा पनि अनुमति प्राप्त भए पनि क्वरेण्टीन खर्च भने रोजगारदाताले नै तिर्नु पर्छ । श्रमिकले कतार यात्रा गर्नका लागि रोजगारदातासँग समन्वय गर्नु पर्नेछ ।
प्रतिकृया दिनुहोस्