April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

एक हजारकाे नाेटमा देखिने जुम्ल्याहा राम र लक्ष्मण

काठमाडाैं- एक हजार रुपैयाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रु एक हजारको नोटमा जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्बिर रहेको छ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसारमा लक्ष्मण र सौराहा हात्तीसारमा राम रहेका छन्। हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गरेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको