March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

घर झगडा समाधान गर्न अपनाउनुहोस् यी उपाय

वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान गर्न सकिन्छ ।

क) कोठामा आओस् सूर्यको प्रकाश
घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबिच प्रेम र स्नेह बढ्दछ ।

ख) ओच्छ्यानमा यी कुरा नहोस्
सुत्ने खाट, पलङ वा ओच्छ्यान कहिल्यै धातुको हुनु हुँदैन । काठको बेड नै सबैभन्दा शुभ मानिन्छ । यस अलावा पति–पत्नी सुत्ने बेडमा एकै डसना भएको हुनु पर्दछ । दुई डसना जोडेर बनाएको ओच्छ्यानमा सुते पति पत्नीबिच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

ग) पूर्व या उत्तरमा डाइनिङ रुम
डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनु पर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

घ) पर्खाल चर्किएको हुनु हुँदैन
यदि घरको कुनै पर्खाल चर्किएको भए त्यसलाई तुरुन्तै मर्मत गर्नु पर्दछ । घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ ।

ङ) उत्तर दिशामा तुलसीको बोट
घरमा अक्सर घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नु पर्दछ । साँझमा यसको मुनी अनिवार्य दियो बाल्नु पर्ने धार्मिक मान्यता छ । यसो गरे घर झगडा, विवाद र परिवार बिचको आपसी मनमुटाब हटेर जाने वास्तुको मान्यता छ ।

शीर्ष समाचार

धेरै पढिएको