March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

अहिलेसम्म ४,३१९ महाधिवेशन प्रतिनिधिहरु छानिए कांग्रेसमा (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । केन्द्रीय निर्वाचन समिति सदस्यसचिव जगन्नाथ श्रेष्ठले दिएको जानकारीअनुसार हालसम्म ४,३१९ महाधिवेशन प्रतिनिधिहरूको सूची सार्वजनिक भएको हो । यो सूचीमा अझै थप हुने समितिले जानकारी दिएको छ । सूचीमा भातृसंस्था, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिहरूको संख्या उल्लेख गरिएको छैन ।

‘हामीले प्रारम्भिक सूची सार्वजनिक गरेका हौं, यसमा भातृ, शुभेच्छुक, जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको संख्या समावेश गर्न बाँकी छ’, सदस्य सचिव श्रेष्ठले सुनाए ।
प्रारम्भिक सूची

https://drive.google.com/file/d/1GG_VNprtO-zvG20HmWa4TaUH4wkKVYjk/view

शीर्ष समाचार

धेरै पढिएको