September 29, 2022, Thursday
२०७९ आश्विन १३, बिहीबार
KN hd tv

सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – सेती प्रादेशिक अस्पतालमा २६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा थप २६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको स्वाब परीक्षण गरिएको थियो ।

नयाँ थपिएका संक्रमितमध्ये ५ जना महिला र २१ पुरुष रहेका छन् । नयाँ थपिएका सबै संक्रमित कञ्चनपुरका भएको अस्पतालले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको