March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

सर्वोच्चको फैसलाविरुद्ध सरकारी वकिलले पुनरावेदन दिने

काठमाण्डौँ – सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावेदन दिने भएको छ । जिल्ला र पुनरावेदनले जन्म कैद अर्थात २० वर्ष जेल सजाय पाएका कोइराला सर्वोच्चको गत असार १५ गतेको फैसलापछि आज रिहा भएका छन् ।

आज सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च जान लागेका हुन् । महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले कोइरालाको कैद सजाय घटाउन पुनरावलोकन गर्न लागिएकाे पुष्टि गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाइदिएको थियो ।

श्रीमती हत्या अभियोगमा रञ्जन ०६८ माघ ८ गते पक्राउ परेका कोइरालालाई जिल्ला र तत्कालीन पुनरावेदन सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।

कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको