इतिहासकी सबैभन्दा महंगी अभिनेत्री दीपिका, प्रभाससँग काम गर्न बुझिन् २० करोड
साउथ फिल्मका सुपरस्टार प्रभासको नयाँ फिल्ममा लिड अभिनेत्रीको रुपमा अनुबन्ध भएकी दीपिका पादुकोण बलिउड फिल्म इतिहासकी सबैभन्दा महंगी अभिनेत्री बनेकी छन् । ‘प्रभास २१’ नाम राखिएको फिल्मको गएको तीन दिन अगाडि निर्माण घोषणा गरिएको थियो । यो फिल्मका लागि दीपिकाले मोटो रकम बुझेकी छन् ।
उनलाई २० करोडमा कास्ट गरिएको बताइएको छ । अभिनेता प्रभासले भने ५० करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले बताएका छन् । फिल्ममा दीपिकाको रोल पहिला प्रभासको भन्दा कम महत्त्वको थियो, तर दीपिका भित्रिएपछि उनको स्टारडम र पारिश्रमिकलाई मध्यनजर गर्दै स्क्रिप्टमा परिवर्तन गरिएको छ । फिल्मलाई नाग अश्विनले निर्देशन गर्दैछन् ।
साइन्स फिक्सन फिल्म वर्ल्ड वार ३ को कहानीमा आधारित हुनेछ । दीपिका, प्रभाससँग काम गर्न लागेकी दोस्रो बलिउड अभिनेत्री हुन् । यसअघि श्रद्धा कपूर फिल्म ‘साहो’ मा प्रभासको अपोजिटमा थिइन् । प्रभासको २०औं फिल्ममा भाग्यश्री पनि देखिँदैछिन् । फिल्मको घोषणा भएसँगै प्रभास र दीपिकाले सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्न सुरु गरेका छन् । निर्देशक अश्विनले यी दुईको कहानीलाई दर्शकले वर्षौंसम्म याद गर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्