January 28, 2022, Friday
२०७८ माघ १५, शनिबार
KN hd tv

थप २४६ जनामा कोरोना संक्रमण, ३४६ जना संक्रमण मुक्त

काठमाडौं– नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ७ हजार ८३६ जनाको नमूना परीक्षण गर्दा शुक्रबार २४६ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४०० जनाको पीसीआर र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

पीसीआर परीक्षणबाट २२३ जना र एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।  

गत २४ घण्टामा ३४६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ९२१ जना सक्रिय संक्रमित रहेका छन्।

शीर्ष समाचार

धेरै पढिएको