October 1, 2023, Sunday
२०८० आश्विन १४, आईतवार
KN hd tv

सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी तर भएन सुनुवाइ

काठमाडौँ- सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ  सुरु हुन सकेको  छैन ।

सुनुवाइका लागि  ११ वटा इजलास गठन भएकामा  नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।

सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका  रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकामा आज घर फर्किएका छन्।


शीर्ष समाचार

धेरै पढिएको