उद्घाटन भृकुटीमण्डपमा, मतदान केन्द्र तीन ठाउँमा
काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । मंसिर २४ गतेबाट कांग्रेसको केन्द्रीय महाधिवेशन सुरु हुँदैछ ।
उद्घाटन सत्र भृकुटीमण्डपमा सम्पन्न गरेपछि निर्वाचन कार्यक्रम राष्ट्रियसभा गृहबाट सुरु गरिने कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।
केन्द्रीय नेतृत्व चयनका लागि तीनवटा मतदान केन्द्र तोकिएका छन् । प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृह गरी तीन ठाउँलाई मतदान केन्द्रका रुपमा प्रयोग गरिनेछ ।
‘यसपटक धेरै पद छन्, धेरै उम्मेदवारी पनि पर्छ नै । त्यसैले २९ वटा मतपत्र हुन्छन्,’ उनले भने, ‘सम्भवतः एक जनालाई २० मिनेटदेखि एक घण्टासम्म समय लाग्न सक्छ, हामी त्यसलाई व्यवस्थित गर्नुपर्ने अवस्था छ ।’
प्रवक्ता शर्माले पार्टीको प्रविधि विभागले विद्युतीय मतदानको व्यवस्था गरेपनि अहिले पार्टीले त्यसबारे निर्णय गरिनसकेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्