October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा कांग्रेस सांसद प्रकाश स्नेहीले गरे

काठमाडौं–  नेपाली कांग्रसेका सांसद प्रकाश स्नेहीले आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। सानै उमेरदेखि  सक्रिय राजनीतिमा लागेका स्नेही यसअघि दलित संघको जिल्ला सदस्य, केन्द्रीय सचिव हुँदै हाल महासचिव रहेका छन्। 

वझाङबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका स्नेहीले बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

प्रजातन्त्रमा सबैको मत बराबर हुने उनले बताए। नेतृत्व मात्रै लिने गरी कांग्रेसको मुद्दा हुनु भन्दै उनले  तल्लो वर्गका नागरिकको पक्षको कांग्रेस अजेन्डा हुनुपर्नेमा जोड दिए।

जनजाति  समाबेशिका मुद्दामा कांग्रेसले आफ्नो विधान तथा संविधानमा पुनरवलोकन गर्नुपर्ने बताए। पार्टीमा आरक्षण एक पदका लागि एक पटक मात्रै हुनुपर्नेमा उनले जोड दिए।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै उनले हालको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्न बताए। अहिलेको  निर्वाचन प्रणाली सीमित नेताहरुका लागि कोही व्यक्ति ल्याउने बाटो बनेको उनको भनाइ थियो।

व्यवहार र आचरणमा शुद्धता तथा आर्थिक पारदर्शिता पार्टीभित्र हुनुपर्ने  समेत उनले बताए। नेतृत्वको कार्ययोजना महाधिवेशनमै प्रस्तुत हुनुपर्ने उनको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको