January 28, 2022, Friday
२०७८ माघ १५, शनिबार
KN hd tv

नेपाल प्रहरीमा ३ वटा पद थप गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ। प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा ३ वटा पद थपिएको हो। 

गृहमन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरी ३ पद थप गरेको हो। 

एउटै दर्जामा लामो समय काम गरेका प्रहरी कर्मचारीको समेत बढुवा नहुँदा समस्या देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले ३ वटा पद थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। 

प्रहरी प्रधान कार्यालयको प्रस्ताव अनुसार प्रहरी नियमावली संशोधन गरी ३ वटा पद कायम गर्न गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको थियो। 

मंगलबार मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रहरी नियमावली संशोधन गरिएको जानकारी दिए।

सरकारले संशोधन गरेको प्रहरी नियमावली राजपत्रमा प्रकाशित भएपछि थपिएका पदको कार्यान्वयन हुनेछ। 
 

शीर्ष समाचार

धेरै पढिएको