September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

ट्विटरको नयाँ सीईओ बने भारतीय मूलका पराग अग्रवाल

काठमाडौं– सामाजिक सञ्जाल ट्विटरको नयाँ प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पराग अग्रवाल नियुक्त भएका छन्। कम्पनीका सह–संस्थापक ज्याक डोर्सीले सीईओबाट राजीनामा दिएपछि अग्रवाललाई उक्त पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ। 

भारतीय मूलका ३७ वर्षीय अग्रवाल आईआईटी बम्बईका ग्य्राजुएट हुन्। ब्रेट टेलर कम्पनीको अध्यक्ष बन्नका लागि आफूले ट्विटरको सीईओबाट राजीनामा दिएको डोर्सीले बताएका छन्।

डोर्सीले ट्विटरमा करीब १६ वर्षसम्म सह– संस्थापक, सीईओ, अध्यक्ष, कार्यकारी अध्यक्ष, कार्यकारी सीईओलगायत भूमिका निर्वाह गरेका थिए। 

अग्रवाल सन् २०११ मा सफ्टवेयर इञ्जिनियरका रूपमा ट्विटरमा नियुक्त भएका थिए। 

शीर्ष समाचार

धेरै पढिएको