October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला तानेर पेसी तोक्न राजपत्रमा सूचना प्रकाशित

काठमाडौं– सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने सम्बन्धमा राजपत्रमा सूचना प्रकाशित भएको छ। 

सर्वोच्च अदालतका १८ जना न्यायाधीशको पूर्ण (फुल कोर्ट) बैठकले गरेको निर्णयानुसार मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने गरी राजपत्रमा सूचना प्रकाशित भएको हो। 

गत बिहीबारको फुलकोर्ट बैठकले गरेको निर्णयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पनि सहमति जनाएपछि राजपत्रमा सूचना प्रकाशित भएको हो। 

राजपत्रमा सूचना प्रकाशित भएपछि प्रधानन्यायाधीश राणा बाहेकका न्यायाधीशको फुल कोर्टले गरेको निर्णयले कानुन मान्यता पाएको छ। 


शीर्ष समाचार

धेरै पढिएको