September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

बार्सिलोनासँग भिल्लारियल पराजित रियल मड्रिड र एथ्लेटिकोको जित,

काठमाडौँ – स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ ।

सोमबार बिहान भएको खेलमा घरेलु टोली रियलले सेभिल्लामाथी २-१ अन्तरको जित निकालेको हो ।

सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । त्यसपछि रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस जुनियरले १-१ गोल गरे ।

आइतबार राति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले कार्डिजलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो । एथ्लेटिकोको जितमा थोमस लेमार, एन्टोनियो ग्रीजम्यान, एन्जेल कोरिया र म्याथ्युस कोन्हाले १-१ गोल गर्दा काडिजको लागि एन्थोनी लोजानोले सान्त्वना गोल फर्काएका थिए ।

त्यसैगरी लेभान्टेलाई रियल बेटिसले ३-१ गोल अन्तरले हराउँदा भिल्लारियललाई बार्सिलोनाले पनि ३-१ ले नै पराजित गरेको थियो । यस्तै रियल सोसिडाड स्पानियोलसँग १-० ले पराजित हुँदा गेटाफे र मलोर्का बराबरी खेलेका थिए ।


शीर्ष समाचार

धेरै पढिएको