September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

चार नेताले ओलीलाई बुझाएर ३०१ केन्द्रीय सदस्यको सूची

चितवन– नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनका क्रममा निर्वाचित हुने ३०१ जना केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओली निकट ४ जना नेताहरुले अध्यक्ष ओलीलाई बुझाएका छन् ।

शनिबार बन्दसत्रले केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएको थियो । ओलीले गृहकार्य गरेर सूची तयार पार्न आफू निकट ४ जना नेताहरुलाई जिम्मा दिएका थिए । विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मेवारी दिएका थिए । उनीहरुले ओलीलाई सूची बुझाएका छन् । उनीहरुले पदाधिकारी र सदस्यको सूची बनाएर ओलीलाई बुझाएका हुन्।

ओलीले सो सूचीलाई अन्तिम रुप दिएपछि बन्दसत्रमा पेश गर्ने जनाइएको छ । बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन ।

अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।


शीर्ष समाचार

धेरै पढिएको