भदौ १ गतेबाट विद्यार्थी भर्ना खुला गर्ने
काठमाडौं- सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ता खुला गर्ने निर्णय गरेको हो।
यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यस्तै छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।
साउन १५ देखि होटल रेस्टुरेन्ट , ट्रकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ।
प्रतिकृया दिनुहोस्