सुनको भाउ तोलामा २०० ले बढ्यो, चाँदीको घट्यो
काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको छ। शुक्रबार यस्तो सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजावी सुनको मूल्य आज तोलामा १७० रुपैयाँले बढेको छ। शुक्रबार ७८ हजार ७९० रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य आज बढेर ७८ हजार ९६० रुपैयाँ पुगेको हो।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
प्रतिकृया दिनुहोस्