प्रतिनिधिसँग एसएमएसमार्फत् भोट माग्दै भीम रावल
चितवन– अध्यक्षमा उम्मेदवारी घोषणा गरेकानेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिहरूसँग भोट माग्न सुरु गरेका छन्।
उनले एसएमएसमार्फत् भोट मागिरहेका छन्। रावलले भोट मागरेको मेसेज प्रतिनिधिहरूको मोबाइलमा पुगेको छ। कतिपय प्रतिनिधिहरुले भने उनले भोट मागेको भन्दै सामाजिक सञ्जालमामै मेसेज राखेर अध्यक्षमा केपी ओलीबाहेक अरुलाई भोट नदिने लेखिरहेका छन्।
रावलकै क्षेत्र सुदूरपश्चिमका नेता डेजी पाण्डेले लेखेका छन्,’भीमजीलाई पनि आफ्नै लागि मसँग समर्थन र मत माग्नु पर्ने दिन आइलाग्यो। अहिलेलाई नेकपा एमालेको अध्यक्षमा केपी ओली विरुद्धमा अर्को कसैलाई दिन सकिने मत मसँग छैन।’

प्रतिकृया दिनुहोस्