August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

इजरायलमा ५ वर्षमाथिका बालबालिकालाई कोभिड–१९ विरुद्ध खोप

 काठमाडौं–  इजरायल सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरेको छ।

महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ।  

यसअघि १२ देखि १७ वर्षका किशोरकिशोरीलाई खोप दिन सुरु गरिसकिएको थियो। फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानका आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ। 

शीर्ष समाचार

धेरै पढिएको