August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

‘न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम रोकिँदैन’

काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन्। 

आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने बताएका हुन्। 

न्यायपरिषद्‌बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अझैपनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत् आफू अनुकूलको काम गर्नसक्ने उनको भनाइ छ। गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ।

अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताए। उनले आगामी दिनमा प्रधानन्यायाधीश जबराका विरुद्धमा राजनीतिक दलकहाँ र संसद्‌मा पनि जाने भन्दै त्यहाँ जानुअघि नै राजीनामा दिन चेतावनी दिए। 

शीर्ष समाचार

धेरै पढिएको