एकीकृत समाजवादीले घर-घरमा स्टिकर बाँड्ने
नेकपा एकीकृत समाजवादी पार्टीले घर-घरमा स्टिकर वितरण गर्ने भएको छ।
पार्टीले जनताका लागि नारा छपाएर स्टिकर वितरण गर्ने एकीकृत समावजादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताए।
बिहीबार धनगढीमा प्रदेश पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले स्टिकर वितरण अभियानमा राम्रो काम गर्ने कार्यकर्तालाई प्रोत्साहन गरिने बताए।
‘स्टिकरमा विभिन्न नारा लेखिएका हुनेछन्, सबै पक्ष समावेश हुनेगरी टोली गठन गर्ने र त्यो टोली जनताको घर-घरमा गएर स्टिकर वितरण गर्छ’, उनले भने।
स्टिकर वितरण गर्ने टोलीले काम गरे/नगरेको मूल्यांकन गर्न उनले पार्टी/कार्यकर्तालाई निर्देशन दिए।
‘एक अगुवासहित टोलीले काम गर्छ। जसले राम्रो काम गर्छ, धेरै स्टिकर बाँड्छ उसलाई एक नम्बरमा राख्नुहोस्, सबभन्दा कम स्टिकर वितरण गर्नेको नाम पुछारमा राख्नू,’ उनले भने,‘हामी काम गर्नेहरूको मूल्याकंन गर्नेछौं, परिणाम दिनेको मूल्यांकन गर्नेछौं, राम्रो उदाहरण प्रस्तुत गर्नेको उदाहरण दिनेछौं।’
प्रतिकृया दिनुहोस्