अन्तराष्ट्रिय हवाई उडान तत्कालका लागि घातक हुने विज्ञको चेतावनी
काठमाण्डु – सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय हवाई उडान तत्कालका लागि घातक हुने चेतावनी दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई उडान खोल्ने निर्णय गरेको थियो ।
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले सरकारले होलसेलमा गरेको निर्णय नेपालका लागि घोतक बन्ने चेतावनी दिएका छन् । उनले नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिनसककोले थप सचेत बन्नुपर्ने सुझाव दिएका छन् ।
‘अन्तराष्ट्रिय उडान गर्ने बित्तिकै नेपाल कोरोना संक्रमणबाट सुरक्षित छ भनेर भारत लगायत बिभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा हुनेछ’, उनले भने, ‘ज्ञातव्य छ भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट नियन्त्रण उन्मुख हुने अध्ययनले बताएका छन् ।’
विज्ञ पाण्डेले सरकारले कोरोना संक्रमण कम भएका जिल्लामा आन्तरिक हवाई उडान गर्ने र असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तराष्ट्रिय उडान संचालन गर्नुपर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्