December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

बारा — तामागढी-सिम्राैनगढ सडक खण्डकाे काेल्हबी नगरपालिका-१ काे बटाैलिया चाेकमा शनिबार राति साढे ८ बजे माेटरसाइकल दुर्घटना हुँदा दुई जना युवककाे मृत्यु भएकाे छ ।

राति साढे ८ बजे कोल्हबी-१ बटौलिया चौकस्थित कोल्हबी बजारबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प८०२३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बटौलिया स्वास्थ्यचौकीको भवनमा ठोकिन जाँदा उक्त मोटरसाइकलमा सवार दुवैकाे मृत्यु भएकाे प्रहरी नायब उपरीक्षक गाैतम मिश्रले जानकारी दिए ।

उनका अनुसार घाइते काेल्हबी १ कै सुशील चाैधरी र सागर चाैधरीकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

उनीहरूकाे टाउको र निधारमा चोट थियाे । उनीहरूकाे वीरगन्जकाे नारायणी अस्पतालमा मृत्यु भएकाे हाे । एक जना घाइते छन् ।


शीर्ष समाचार

धेरै पढिएको