November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

सर्लाहीका निर्वाचन अधिकृतले दिए राजीनामा


काठमाडौं– सर्लाहीमा अधिवेशन गराउनका लागि कांग्रेसले खटाएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन्।

वडा अधिवेशन गर्न एक दिन बाँकी रहँदा निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका हुन्। निर्वाचन समितिका केन्द्रीय संयोजकलाई उनले पत्र लेख्दै जिल्लामा अधिवेशन गराउन सक्ने अवस्था नरहेको उल्लेख गरेका छन्।

पार्टीभित्रका समूहबीच छलफल गराउँदा सहमति बन्न नसकेकाले अधिवेशन गराउने वातावरण नभएको उनले राजीनामा पत्रमा लेखेका छन्। प्रदेश २ का ८ जिल्लासहित १३ जिल्लामा शनिबार वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

निर्वाचन अधिकृतले राजीनामा दिएपछि कांग्रेस सर्लाहीको अधिवेशनमा अन्योल थपिएको छ।

निर्वाचन अधिकृतले राजीनामा दिएपछि कांग्रेस सर्लाहीको अधिवेशनमा अन्योल थपिएको छ।

No description available.

 

शीर्ष समाचार

धेरै पढिएको