June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

बाढी पहिरो जोखिम मानिएका र सतर्क रहनुपर्ने क्षेत्रहरु

बाढी पहिरो जोखिम मानिएका र सतर्क रहनुपर्ने क्षेत्रहरु:

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा अलि धेरै पानी पर्ने भएकोले त्यहाँका बासिन्दाले अलि धेरै सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र प्रदेश ५ मा बाढीको उच्च जोखिम रहेको छ ।

त्यस्तै २०७२ सालको भूकम्पका कारण प्रभावित क्षेत्र सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायत जिल्लाका बासिन्दाहरु पहिरोसँग सतर्क रहनुपर्ने हुन्छ ।

भूकम्प गएका प्रभावित क्षेत्रमा एकदेखि साढे एक प्रतिशत घरहरु जोखिममा रहेका छन् । विपदलाई रोक्न त सकिंदैन, तर समयमै सूचना संकलन र सम्प्रेषण गर्न सकेमा सम्भावित जनधनको क्षति भने पक्कै कम गर्न सकिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको