April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

३८ औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं – आज ३८  औं बिपी स्मृति दिवस । नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस तथा काँग्रेसका विभिन्न भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रममो आयोजना गरी बिपीको स्मृति गरिरहेका छन् ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपीले नेपाली कांग्रेस स्थापना गरेर नेपालमा प्रजातन्त्र स्थापना गर्न प्रमुख भूमिका निर्वाह गरेका थिए ।

नेपाली राजनीतिका शिखर पुरुष मानिने बीपी सबैका आदर्श नेता हुन् । बीपीको स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन ।

स्मृति दिवसका अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले बीपीले देखाएको बाटोमा सदैव हिड्ने बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको