November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

कोरियन फिल्ममा वकिल दीपिका

मुम्बई(बलिउड लाइफ)– हलिउड फिल्म उद्योगमा बलिउडका कैयौं कलाकारले आफ्नो नाम बनाएका छन् । अनुपम खेरदेखि लिएर इरफान खान र प्रियंका चोपडासम्मका कलाकारले बलिउडसँगै हलिउडमा राम्रा काम गरेका छन् ।

तर जब कोरियन फिल्म उद्योगको नाम आउँछ, त्यसमा बलिउड केही पछाडि छ । तर तपाईंले नेटफ्लिक्समा रिलिज नयाँ दक्षिण कोरियन सिरिज ‘स्क्विड गेम’ हेर्नुभएको छ भने अनुपम त्रिपाठीलाई त चिन्नुनै हुन्छ । अनुपम बलिउडका एक्ला अभिनेता हुन्, जो यो दक्षिण कोरियाली फिल्म उद्योगमा छाएका छन् । अब यो सूचीमा अभिनेत्री दीपिका पादुकोण पनि सामेल हुँदैछिन् ।

समाचारअनुसार दीपिका चाँडै नै कोरियन फिल्ममा देखिँदैछिन् । जुन फिल्ममा कोरियन सुपरस्टार गोंग यूको अभिनय हुनेछ । गोंगलाई पछिल्लोपटक ‘स्क्विड गेम’मा दर्शकले हेरेका थिए । यसबाहेक उनले ‘द गार्डियन’ र ‘द ट्रेन टू बूसान’बाट लोकप्रियता पाएका थिए ।

यो फिल्ममा दीपिका प्रमुख भूमिकामा नभई एक वकिलको चरित्रमा देखिनेछिन् । कथा अनुसार फिल्ममा गोंगले पत्नीसँग सम्बन्धविच्छेद गरेपछि दीपिकाको शरणमा पुग्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको