November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

‘अचानक बेहोस’ भएपछि माओवादी नेता सीपी गजुरेल अस्पताल भर्ना

काठमाडौँ- नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहोस भएर लडेपछि अस्पताल ल्याइएको र अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको