December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

इजलासप्रति न्यायाधीशहरु सकारात्मक, सामूहिक छलफलमा जुट्दै

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि बन्दी प्रत्यक्षीकरणका रिटमा मात्र इजलास तोकेकोप्रति आन्दोलनरत न्यायाधीशहरु सकारात्मक बनेका छन्। असन्तुष्ट न्यायाधीशहरुले अन्य मुद्दाको सुनुवाइ नगर्ने अडान राखेकाले प्रधानन्यायाधीश राणाले आजका लागि सोही अनुरुपमात्र इजलास तोकेका हुन्।

आफूहरुले भने अनुसारक्रै पेसी सूची आएको बताउँदै न्यायाधीशहरूले यसलाई  सकारात्मक भनेका हुन्। इजलास सुरु गर्ने वा नगर्ने भन्नेबारे भने सामूहिक छलफलपछिमात्र टुंगो लगाइने एक न्यायाधीशले बताए।

न्यायाधीशहरूको आइतबार सम्पन्न बैठकले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने निर्णय गरेको थियो। यसअघि गत सातादेखि न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए।   

यसअघि आइतबार न्यायाधीशहरूको बैठकले सपना मल्ल प्रधान, अनिल सिन्हा र मनोज शर्मा सम्मिलित वार्ता टोली गठन गरेको थियो। हिजोको वार्तापछि उनी सकारात्मक रहेका थिए।  
 

शीर्ष समाचार

धेरै पढिएको