December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

म्यानमारका विद्यालय खुल्दै नोभेम्बरदेखि

काठमाडौं– म्यानमारका विद्यालय आगामी नोभेम्बरदेखि खुल्ने भएका छन्। म्यानमार सरकारले कोभिड १९ महामारीका कारण विद्यालय तथा विश्वविद्यालय बन्द गरेको थियो।  कोभिड महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारी गरेको सरकारी अधिकारीले  जनाएका छन्।  यहाँका अधिकारीले म्यानमारका सबै निजी तथा सरकारी विद्यालय र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बा र अरु शिक्षण सस्थाहरु पनि खुल्ने भएका अधिकारीले जानकारी दिएका छन्। 

यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको