जलमग्न काठमाण्डौँ
काठमाण्डाै – लगातार पानी परिरहेका कारण काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा पानी जम्दा गाडी ओहोरदाेहाेरमा समस्या भएको छ ।
विशेषगरी सडक मर्मत तथा ढल र खानेपानीको पाइप जडान गर्नका लागि खनिएका ठाउँमा गाडी आवागमनमा समस्या भएको छ । आइतबारदेखिको लगातारको झरीका कारण जमलमा एकतर्फ मात्रै दुई पाङ्ग्रे गाडी चलेका छन् । पानी जमेर पोखरी भएकाले मोटरसाइकल र स्कुटर दुईतर्फी चल्न नसकेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार जमलमा चार पाङ्ग्रे गाडी भने दुईतर्फी नै चलिरहेका छन् । यस्तै काठमाण्डाैकाे चावहिल–चुच्चेपाटी सडकखण्डमा पनि गाडीको ओहोरदोहोरमा समस्या छ । सडक खनेकाले लगातारको झरीका कारण सडक जलमग्न र हिलाम्मे भएको छ ।
यस्तै कलङ्कीको खसीबजार, बल्खुलगायतका ठाउँमा पनि सडकमा पानी जमेको छ ।
प्रतिकृया दिनुहोस्