March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

नारायणी, लालबकैया र कोशीमा बाढी खतराको सङ्केत

काठमाण्डौ – लगातारको झरीले नदी खोलामा पानीको सतह बढ्न थालेको छ । नारायणी, लालबकैया र कोशीमा बाढी खतराको सङ्केतसम्म पुगेको छ ।

 प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका नदी र खोलामा पानीको सतह बढ्दै गएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
 
त्रियुगा, खाडो, बालन खुट्टी, चुरियाखोला, माउली, रातो, बिगही, झिमखोला हर्दीखोला, मरहाखोला, लखन्देही र साना नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । 

 चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै कन्काई, कोशी, कमला, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा पनि पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ । 

काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा वर्षा भइरहेको छ । 

शीर्ष समाचार

धेरै पढिएको