November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन गठबन्धनमा छलफल भएको छैन: माधव नेपाल

काठमाडौं -नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे सत्तारूढ गठबन्धनभित्र छलफल नभएको बताएका छन्।

‘महाअभियोग लगाउने विषय छलफलमा प्रवेश नै गरेको छैन,’ उनले भने।

उनले न्यायपालिकालाई स्वतन्त्र तवरले काम गर्न दिइनुपर्ने पनि बताएका थिए।

धनगढीमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा हस्तक्षेप गरेकोले अहिलेको अवस्था आएको पनि दाबी गरेका छन्।

प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेकोबारे विवाद भइरहेको छ भने उनको राजीनामा माग भइरहेका छन्।

एमाले अध्यक्ष ओलीले परमादेश दिने न्यायाधीशहरूले राजीनामा दिनुपर्ने भनेर गैरजिम्मेवार कुरा गरेको पनि अध्यक्ष नेपालको भनाइ थियो। नाजायज र अनुचित कुरा गर्न नहुने उनको भनाइ थियो। 

एमाले अध्यक्ष ओलीले कात्तिक ९ मा पार्टीको पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश दिने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका थिए।

त्यसतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘एमाले अध्यक्ष ओलीले न्यायालयमा हस्तक्षेप गरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो।’ 

शीर्ष समाचार

धेरै पढिएको