चीनले परमाणु शक्ति युक्त ‘हाइपरसोनिक मिसाइल’ परीक्षण
काठमाडौं- चीनले पछिल्लो दिन परमाणु शक्तिले युक्त एक हाइपरसोनिक मिलाइलको परीक्षण गरेको छ। कयौंले यसलाई एक ठूलो उपलब्धि र हतियारको क्षेत्रमा ‘गेम चेञ्जर’ मानिरहेका छन् जसले अमेरिकी अधिकारी चिन्तित रहेको बीबीसीले जनाएको छ।
चिनियाँ सेनाले पछिल्लो केही सयममा दुई पटक यस्तो रकेट लञ्च गरेको छ, जसले विश्वको चक्कर काटेरपछि आफ्नो लक्ष्यलाई निशाना बनाएको जनाइएको छ।
फाइनेनशियल टाइम्सले पहिलो पटक यससँग सम्बन्धित जानकारी दिएको हो। उसले जासुसी विभागको स्रोतलाई उदृत गर्दै पहिलो पटक यो मिसाइल आफ्नो लक्ष्य भन्दा ४० किलोमिटर टाढा खसेको जनाएको छ।
केही जानकारहरुले हाइपरसोनिक टेस्ट अमेरिकाका लागि चिन्ताको विषय बन्न सक्छ। तर, चीनले भने यस्तो कुनै पनि परीक्षणलाई अस्वीकार गर्दै आएको छ।
प्रतिकृया दिनुहोस्