बारामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि
- Khabar Nirantar
- २०७७ श्रावण ५
बारा – बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र अरु ६ जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसैबीच प्रदेश १ का ७ सय ९३ जनामा सङ्क्रमितमध्ये ७ सय २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा अहिलेसम्म ८८ दशमलव ५४ प्रतिशत निको भएका हुन् । सङ्क्रमण देखिएका ८८ जनाको उपचार भइरहेको छ ।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्