November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

सर्वोच्चमा बिबाद चलिरहदा अनुपस्थित छन् यी न्यायाधीश

काठमाडौं-  सर्वोच्चमा अदालत बिबाद चलिरहदा ‘ केही न्यायाधीशहरू भने सोमबार अनुपस्थित भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार फुलकोर्ट बोलाएका छन्। 

सर्वोच्चकै १४ न्यायाधीशले उक्त फुलकोर्ट बहिष्कार गरिसकेका छन् भने थप रणनीतिक तय गर्न उनीहरू छलफलमा जुटेका छन्। आइतबारको छलफलमा सहभागी न्यायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक विदामा बसेका छन्। 

यसरी अदालतको फैसाला भइरहँदा ६ न्यायाधीश अने अनुपस्थित भएका छन्। न्यायाधीश सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा खप्तड भ्रमण छन्। उनीहरू पूर्वनिर्धारित कार्यक्रम अनुसार खप्तड पुगेको सर्वोच्च प्रशासनले जनाएको छ। उनीहरू दिपायल उच्च अदालत अनुगमन गर्दै  खप्तड पुग्ने कार्यक्रम छ। 

यस्तै, न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा छन् भने न्यायाधीश तेजबहादुर केसी र कुमार चुडाल  घरविदामा छन्। 

सोमबार प्रधानन्यायाधीश जबराले आफूबाहकेको सात इजलास तोकेका छन्। राणाले ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन्।

न्यायाधीश दिपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका हुन्।  

राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए । उक्त निर्णय आज पनि निरन्तर रहने उनीहरुले बताएका छन्। आज इजलास सुरु हुनु अघि छलफल गर्ने अनि निर्णयमा पुग्ने सहमति आइतबार न्यायाधीहरुले गरेका थिए। राणाले आजका लागि बोलाएको फुलकोर्टको बैठकमा सहभागी नहुने निर्णय न्यायाधीशहरुले गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको